नेपालका सुवास गुरुङले १६० देशका प्रहरीलाई हराए, सबैलाई चकित पारेर जिते दुई स्वर्ण




पर्वत । विश्वका १६० देशका प्रहरीहरूको दौड प्रतियोगितामा सबैलाई चकित पार्दै सुवास गुरुङ प्रथम भएका छन् । सन् २०१९ को संस्करणमा पर्वत जिल्ला महाशीला गाउँपालिका–४ लाम्तुङका गुरुङले १० किलोमिटर दूरीको क्रस कन्ट्री दौड र हाफ म्याराथनमा दुई स्वर्ण पदक प्राप्त गरेसँगै ‘वर्ल्ड पोलिस एण्ड फायर गेम्स’ अन्डर थर्टी उमेर समूहको उपाधि चुम्न सफल भएका हुन् ।

तीन वर्षअघि सिङ्गापुर पोलिसमा भर्ती भएका जम्मा २२ वर्षीय सुवासले सिङ्गापुर पोलिसकै तर्पmबाट प्रतियोगितामा भाग लिएर यो उपाधि हाता पार्न सफल भएका हुन् । सिंगापुर प्रहरीका तर्फबाट उनी भिडेको भएता पनि उनको राहदानी नेपाली भएका कारण प्रमाणपत्रमा नेपाल नै उल्लेख छ ।

यसैबिच आगामी अगस्ट १८ गते पनि उनी दोड प्रतियोगीतमा सहभागीता जनाउने कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठले जानकारी दिए। कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठका अनुसार उक्त ५ किलोमिटर दूरीको दौडमा पनि सफलता हाँसिल गरेमा सहभागिता जनाएका तीन ओटा इभन्टहरुमा नै पदक पाउने नेपाली खेलाडी बन्नेछन् ।