आज कति छ विदेशी मुद्राको भाउ ? हेर्नुहोस्




काठमाडौं। आज आइतबार अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १७ पैसा रहेको छ।