आजको विदेशी विनिमयदर : कुन देशको कति छ ? हेर्नुहोस् …





काठमाडौं । आज (बुधबार) कुवेती तथा बहराईन दिनारसहित प्राय सबै देशको भाउ ओरालो लागेको छ भने केहीदेशमो भाउ स्थिर छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ ३ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५७ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ३७८ रुपैयाँ ४४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ७ पैसा रहेको छ ।

राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर