बाथ रोग कसलाई र कुन अवस्थामा लाग्छ ? यी कुरा ख्याल नगरे आपांग बनाउँछ : डा. दिपा शाह





काठमाडौ । हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन् नै बाथ रोग हो । यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ । छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सो बाहिर पानी जम्ने यसका अरू लक्षण हुन् ।

पछिल्ला बर्षहरुमा बाथरोग पनि मुटु रोग, मधुमेह, थाइराड जस्तै विकराल एवं जटिल समस्याको रुपमा देखा परेको छ । खासगरी अप्राकृतिक जिवनशैली, श्रम गर्ने संस्कारको कमी र भद्धा भोजन अनि वंशानुगत गुणका आदिका कारण हालका बर्षहरुमा नेपालमा बाथ रोगीहरुको सङख्या बढदै गइरहेको हाम्रो पनि अनुभव छ ।

बाथ रोगीहरुले सुरुवाती अवस्थामै आवश्यक उपचार गरिहाल्नु अत्यन्त बुद्धिमानी हुन्छ । अन्यथा यसको असर बहुआयामिक हुनसक्छ । हामीले बाथकै सेरोफेरोमा गोसाइकुण्ड स्वास्थ्य सेवा बाथ रोग सेन्टर केन्द्र सातदोबाटोमा कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डा दिपा शाहसँग थप जानकारी लिने प्रयास गरेका छौँ ।

खासमा के हो बाथ रोग कस्तो खालको रोग हो ?

संक्षेपमा भन्दा शरिरमा रोग निरोधक शक्तिले आफनै शरिरका अंगलाइ असर गरेर बाथ रोग लाग्नेगर्छ । सामान्यतया बाथ रोगले शरीरका जोर्नी र यस वरपरका संरचनाहरु दुख्ने, सुन्निने र अररो भइ राम्ररी चलमलाउन नसक्ने हुन्छ । जोर्नी र जिउ दुख्ने समस्याको एक प्रमुख कारण भनेकै बाथरोग हो

। बाथरोग १ सय भन्दा बढी प्रकारका हुन्छन् । जसमध्ये मुख्यतया ¥युमटोइड आरथ्राइटिस (आम बाथ), ओस्टीयो आरथ्राईटिस (जोर्नी खिइने बाथ), युरिक एसिडको बाथ (गाउट) स्पोण्डीलो आरथ्राईटिस (ढाडको बाथ), ¥युमारिक फिबर (मुटुजन्य बाथज्वरो) र लुपस (एस.एल.इ.) भास्कुलाइटीस (नशाको बाथ) केटाकेटीमा हुने बाथ (झुबेनाइल आरथ्राइसिस) आदि मुख्य रुपमा देखिने बाथ हुन् ।

बाथ रोग कसलाई र कुन अवस्थामा लाग्छ ?
ब्लडप्रेशर घटबढ हुने कारण बाथरोगले प्राय जाडोमा बढी असर पु¥याउने गर्छ । बाथ रोग किटानुकै कारण हुने रोग भने होइन । तर यो बढी जाडो यामबाट सुरु हुन्छ । यो रोग ब्लडपेशर, मधुमेह भएको मान्छेहरुमा धेरै देखिन्छन । जस्तो की युरिक एसिड रोग चाँही जसलाइ उच्च रक्तचाप छ, जसको मोटापन धेरै छ त्यस्तोहरुमा यो रोग धेरै देखिने गर्छ । यसरी अरु रोग र बाथ रोगमा अन्र्तरसम्बन्ध रहने गर्दछ ।

बाथ रोग उपचार नगरे स्लो पोइजन सरह हुन्छ । जस्तो हृदयघात तथा पक्ष्यघात हुदाँ मान्छे आजको भोली मर्ने सम्भावना हुन्छ । तर बाथ रोगमा आजको भोली नै मान्छे मरिहाल्ने हुदैन । तर छिटै उपचार नगरे यसले मान्छेलाई अपाङग बनाउने गर्छ ।

बाथ रोगका मुख्य लक्ष्यणहरु के के हुन त ?
यसका लक्षणहरु यस्ता रहेका छन् ।

विहान उठने बेलामा हात गोडा दुख्ने, अर्रो र कक्रक्क हुने ।
गोडाका बुढी औंला, गोली गाँठा र अन्य जोर्नीहरु टन्किएर दुख्ने, सुन्निने
हड्डी खिइएको,घुँडा दुख्ने र सुन्निने ।
ढाड ,कम्बर दुख्ने ,जिउ गल्ने, धेरै थकान लाग्ने ।
पिडौला, कुर्कुच्चा र पैताला पोल्ने, कटकट खाने तथा नशा झमझम गर्ने ।
छालामा घाउ खटिरा आउने, निला निला डाम देखा पर्ने ।
पानीमा काम गर्दा छालाको रङ परिवर्तन हुने जस्ता बाथरोगका लक्षणहरु मान्न सकिन्छ ।
बाथ रोगमा निराकरणमा त खानपान धेरै असर पार्छ रे नि है ?

धेरैजसो बाथरोगमा चिसो, अमिलो, खाँदेको पुरानो अचार बाहेक खाना बार्न आवश्यक हुदैन । तर युरिक एसिड बाथमा खुट्टाको बुढी औंला रातो भएर दुख्ने, सुन्निने हुन्छ ।

यो बाथरोगमा बार्नुपर्ने युरिनयुक्त खाना जस्तै रातो मासु, समुन्द्री खाधान्य, रक्सी तथा वियर, कोल्ड ड्रिंक्स, टोफु, भटमास, जंकफुड, कुरीलो, च्याउ अचार, तामा, पालुङ्गो, काउली आदि युरिक यसिडलाई बढाइदिन्छ । त्यसैले युरिक यसिड भएका विरामीले यी खानेकुरा सकेसम्म बार्नुपर्छ ।

अन्त्यमा केहि भन्नुहुन्छ ?
बाथरोग नयाँ रोग भने अवश्य पनि होइन । यी रोगहरु त वर्षौं पहिलेदेखि रहेका भए पनि सायद अध्ययन अनुसन्धानको अभावमा पहिचान मात्र हुन नसकेको अवस्थामा थिए ।

पछिल्लो समयमा यस रोगमा विशेषज्ञता हासिल गरेका चिकित्सकहरु बढ्दै गएका कारण आगामी दिनमा बाथ रोगको राम्रो निदान, निरुपण र उपचार गर्न सकिन्छ तर समयमै उपचार भने गर्नुपर्छ भन्न चाहन्छु ।